+
+

वीरगञ्जबाट २१ जना कोरोना संक्रमित डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १४ गते १६:१६
फाइल तस्वीर

१४ असार, काठमाडौं । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालबाट आइतबार २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार आइतबार तीन जना महिलासहित २१ जना संक्रमित डिस्चार्ज भएका हुन् । पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. उपाध्यायले बताए ।

डिस्चार्ज हुनेमा पर्साको विन्दवासिनी गाउँपालिकाका १० जना, पोखरिया नगरपालिकाका ५ जना, पटेर्वा सुगौली गाउँपालिकाका दुई जना, पर्सा गढी नगरपालिकाका, धोविनी, सखुवा प्रसौनी र जिराभवानी गाउँपालिकाका एक÷एक जना रहेको उनले बताए ।

कोरोना निको भएर २१ जना डिस्चार्जभएसँगै अस्पतालमा ६ जना संक्रमित उपचाररत रहेको उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?