
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । उनीहरूमध्ये २८ जनाको मृत्यु भएको छ भने ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ६३ जना संक्रमित थपिएका छन् ।
यस्तै, महोत्तरीका ५६ जना, गुल्मीका ३८, प्युठानका ३५, दाङका ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटका १७/१७ जना, डोटीका १३, रुपन्देहीका १२ र धनुषाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कपिलवस्तुका ८ जना, उदयपुर, तनहुँ र अर्घाखाँचीका ६/६ जना, कास्कीका ५, खोटाङका ४ र झापा, दोलखाका पर्वत, म्यादी र पाल्पाका २/२ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
उता, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा एकएक जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६२ नमुना मात्र परीक्षण भएको छ ।
प्रतिक्रिया 4