+
+

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए

मोरङका मात्रै १७ जना संक्रमित 

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १४ गते १७:३७

१४ असार, विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि भएकाहरु भारतबाट आएर गान्धी आश्रम क्वारेन्टिनमा बस्दै आइरहेका थिए । योसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ ।

यसैगरी झापाको हल्दीबारीमा २ जना महिला, उदयपुरको कटारीमा ३ जना महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इलामको माई नगरपालिका र सुनसरीको इनरुवा नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?