
१४ असार, जनकपुरधाम । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको मृत्युबारे छानबिन गर्न प्रदेश २ को प्रदेशसभाले समिति गठन गरेको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकले सांसदहरु रवीन्द्र बैठा, चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेशकुमार यादव र सावित्री देवी साह रहेको समिति बनाएको हो ।
समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैं तयार पार्नेछ । संसदीय समितिले राजुको मृत्युका विषयमा विज्ञहरुसँग कुराकानी र छलफलसहित अन्य व्यक्ति, निकाय वा पदाधिकारीसँग समेत छलफल गरी प्रतिवेदन तयार पार्नेछ ।
समितिलाई ५ दिनको समयावधी दिइएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
गत असार ९ गते प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलनमा छटपटिएर राजुको मृत्यु भएको थियो । पखाला लागेका उनलाई जीवन जलसमेत नदिएका कारण छटपटिएर मृत्यु भएको परिवारले बताउँदै आएको छ ।
राजु सदाको मृत्युबारे छानबिन गर्न प्रदेश सरकारले पनि छानबिन समिति बनाएको छ ।
प्रतिक्रिया 4