+
+

सर्लाही झडप प्रकरण : १२ घाइते, गोली चलाएको आशंकामा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते ८:३९

१५ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएकाे झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते सबैकाे अवस्था सामान्य छ ।

नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो ।

प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरसँग भने, ‘सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवैतर्फ एक/एक सय मानिस भेला भएका थिए । त्यसक्रममा तीन राउण्ड गोली चलेको सुनिएको छ ।’

गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ ।

घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

राति साढे ८ बजे भएको घटनाले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँपालिकामा पुगेको थियो भने केही राउण्ड टियर ग्यास हानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?