
१५ असार, काठमाडौं । आज विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ ।
खुमलटारस्थित कृषि अनुसन्धान परिषद्मा रोपाइँ महोत्सव आयोजना गरिएको छ । महोत्सवमा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेलगायत पुगेका छन् ।
कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषि उत्पादनमा लाग्न कृषकलाई प्रोत्साहन दिने उद्देश्यले आफूहरू खेतमा पुगेको सचिव भारीको भनाइ छ ।
कृषिमन्त्री घनश्याम भुसाल भने सामूहिक रोपाइँका लागि उदयपुर पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4