+
+

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १०:५९

१५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो ।

अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ । बेलायतमा पनि ४३ हजार ६३४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक करोड एक लाख १७ हजार ७०० पुगेको छ । त्यस्तै अहिलेसम्म ५१ लाख ४० हजार ८९९ जना संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?