+
+

खोकनाका किसान : आफ्नै खेत खनजोत गर्न पनि प्रहरीसँग घम्साघम्सी

आर्यन धिमाल आर्यन धिमाल
२०७७ असार १५ गते १७:१५

१५ असार, काठमाडौं । आज असार १५ । अन्य जिल्लाका किसानहरू जस्तै ललितपुरको खोकनाबासी पनि सोमबार बिहानै खेतमा रोपाइँ गर्न निस्किए ।

सुडोल फाँटमा खेत जोत्ने, आली लगाउने, पानी लगाउनेलगायतका काम सुरु गर्नै लाग्दा प्रहरीको टोली त्यहाँ पुग्यो र उनीहरूको काममा अवरोध गर्‍यो । प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भयो ।

स्थानीय कृष्ण डंगोल भन्छन्, ‘हामीले हाम्रो खेतमा खनजोत गर्दा प्रहरी आएर रोक्न खोज्यो ।’

किन रोक्यो प्रहरीले ?

सुडोल फाँट काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकमा पर्छ । सुडोल फाँटलाई हाल फास्ट ट्र्याकको ‘जिरो किलोमिटर’ भनिन्छ । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । त्यसैले खेतीपाती गर्न प्रहरीले रोक लगाएको हो ।

  

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?