+
+

एक्स-रे गर्दा युवतीलाई नाङ्गो बनाउन खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १५:३८

१५ असार, दाङ । दाङको एक निजी अस्पतालमा युवतीको एक्स-रे गर्दा नाङ्गो बनाउन खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो । घोराही लुहासुरस्थित उक्त अस्पतालमा एक्स-रे गर्न गएकी १९ वर्षकी युवतीलाई डाँगीले नाङ्गो बनाई एक्सरे गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले एक्स-रेमा काम गर्ने युवकले संवेदनशील अंग पनि छोप्न नदिई एक्स-रे गराउन खोजेको भन्दै प्रहरीमा उजुरी परेको बताए । उक्त घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयले डाँगीलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

युवतीले आफन्तलाई एक्स-रे गराउँदा पुरै शरीर नाङ्गो बनाउदा रहेछन् है भनेपछि घटना सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?