+
+

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १६:५३

१५ असार,बुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना-१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेक बहादुर परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

कपिलवस्तुबाट बुटवलतर्फत आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैनाको रामापुर कलौली नजिक शान्तिटोलमा एकआपसमा ठोक्किए उनीहरु गम्भीर घाइते भएका थिए ।

घाइते दुवैको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको राठौरले बताए । कार र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?