+
+

कपिलवस्तुमा सलहले धान र मकैमा पुर्‍यायो क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १७:४४

१५ असार, काठमाडौं । आइतबार ४ बजेतिर प्रवेश गरेको सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्‍याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कपिलवस्तुमा भेटिएको सलहको झुण्डलाई नेपालमा भेटिएको मध्येको सबैभन्दा ठूलो भनेको छ ।

कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहका कारण जिल्लाको शिवराज नगरपालिका वडा नम्बर एक र ११ मा धान र मकैमा क्षति पुर्‍याएको जनाएको छ ।

नगरको ११ वडाका वडा सदस्य छबिलाल पराजुलीले सलहको ठूलो बथान आएको र यसले मकै र रोपेको खेतमा क्षति पुर्‍याएको जानकारी दिए ।

जिल्लामा सलह भेटिएको र क्षतिको विस्तृत विवरण आईनसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सलहको अवस्था पहिचान गर्न प्राविधिकहरु परिचाल गरिए पनि नियन्त्रणको प्रयास भने सुरु भईनसकेको उनले बताए ।

जिल्लाको बुद्ध भूमी, शिवराज र कपिलवस्तु नगरपालिकामा सलह भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?