+
+

जडीबुटीको हत्या आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १७:४१

१५ असार, काठमाडौं । भक्तपुर प्रहरीले जडीबुटी उपनामले चिनिने ४५ वर्षीय कृष्ण तामाङको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सिन्धुलीको तीनपाटन गाउँपालिका घर भई भक्तपुर नगरपालिका–४ गहिटी बस्ने ३० वर्षीय इन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी कृष्णको हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

भक्तपुर नगरपालिका–४ गहिटीस्थित सार्वजनिक पाटीमा सोमबार कृष्ण मृत अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?