+
+

कर्णालीका अतिप्रभावित जिल्लामा लकडाउन कडा गर्न मुख्यमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १८:१४

१५ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को अतिप्रभाव देखिएका कर्णाली जिल्लाहरुमा लकडाउन कडा गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन ।

कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले कडाइपूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

कोरोनाको अतिप्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने बताउँदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि पीसीआर परीक्षणमा जोड दिइने बताए ।

परीक्षणमा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको उनको भनाइ छ । ‘पीसीआर परीक्षणको लागि नमुना संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा नागरिकमा आक्रोश बढेको छ । यस्ामा विभिन्न कारण देखाएर पन्छिन मिल्दैन,’ उनले भने ।

प्रदेश अस्पत्तालमा रहेको पीसीआर मेसिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले थपे, ‘मेसिन बिगि्रयो भनेर बस्ने होइन विकल्पको खोजी गर्नुस ।’

भारतबाट प्रदेश भित्रिने चाप घट्दो क्रममा रहेको बताउँदै उनले अब समुदायस्तरमा केन्दि्रत हुनुपर्ने बताए । भारतबाट आउनेहरुको संख्या घटदै गएकोले जिल्लास्तरबाटै व्यवस्थापन गर्न सकिने बताउँदै क्वारेन्टिनलाई अब जिल्लास्तरमा केन्दि्रत गर्नुपर्नेमा जोड दिए ।

क्वारेन्टिनका लागि प्रयोग भएका स्थानीयस्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने बताए ।

जिल्ला विपद् व्यवस्थापन केन्द्रको सिफारिसमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै लगिने समितिले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?