
प्रतीकात्मक तस्वीर
१५ असार, काठमाडौं । मोरङमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका–६ का २२ वर्षीय मो. सजाद मियाँ रहेका छन् ।
धनपालथान गाउँपालिका–५ स्थित सोही ठाउँ बस्ने लखना रायको खेत जोत्ने क्रममा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिन जाँदा खेतमा काम गरिरहेका मियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँ बस्ने ट्याक्टर चालक शम्भु अमातलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4