+
+

बाराको कलैया चोकमा सडकमै धान रोपाइँ

सुरेश बिडारी सुरेश बिडारी
२०७७ असार १५ गते १८:४८
सरोकारवालाको ध्यानाकर्षण गराउन कलैयाको मुख्य चोकमा धान राेपेर विरोध जनाउँदै स्थानीयहरु ।

१५ असार, वीरगञ्ज । आज १७ औं राष्ट्रिय धान दिवस । विभिन्न ठाउँमा दिवसको अवसरमा कार्यक्रमहरु भए । कृषिमन्त्रीले उदयपुरमा चक्लाबन्दी खेतीको सुरुवात गरे भने वीरगञ्जमा मेसिनले धान रोपियो । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ ।
तर बाराको कलैयामा विरोध जनाउन पनि धान रोपाइँ गरिएको छ । जिल्ला सदरमुकाम कलैयाका बासिन्दाले सडकमै धान रोपेर विरोध जनाएका हुन् । कलैया–१ स्थित मुख्य चौकमै कलैयाका स्थानीयले धान रोपेका थिए ।

भरत चोकबाट देवकोटा चोक तथा कलैया बजारतर्फ जाने बाटो हिलाम्य छ । सडक हिलाम्य भएका कारण सर्वसाधरणलाई हिँडडुलमा समेत सास्ती भइरहेको स्थानीयको गुनासाे छ । सडकको दुरावस्थाबारे पटक–पटक कलैया उपमहानगरपालिकालाई जानकारी गराउँदा समेत समाधानमा चासो नदिएपछि बाध्य भएर विरोध जनाउनु परेको उनीहरुले बताएका छन् ।

बाराको कलैया चोकस्थित हिलाम्य सडक ।

बारा उद्योग वाणिज्य संघ, कलैयाका सदस्य शशी केशरीले कलैयाको मुख्य चोक भरत चोक नै हिलाम्य हुँदा समेत सरोकारवाला मुक दर्शक भएर बसेपछि सडकमा धान रोप्नु परेको बताए । ‘घाम आउँदा धुलो उड्छ, पानी पर्दा हिलो हुन्छ । मानिसहरुलाई आउजाउ गर्न सास्ती भइरहेको छ,’ उनले भने, ‘कति दुःख सहनु परेको छ भनेर साध्य छैन ।’

हिलाम्य सडकमा धान रोपेर विरोध जनाउँदै कलैयाका स्थानीयहरु ।

बाटोमा हिँडडुल गर्नदेखि लिएर सवारी साधन चलाउन धेरै नै कठिन भइरहेको भएपनि सडक मर्मतमा सम्बन्धित निकायले चासो नदेखएपछि उनीहरुको ध्यानाकर्षण गराउन सडकमा रोपाइँ गरिएको उनले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?