+
+

नेकपा बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते ११:४६

१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच शीतलनिवासमा भेटवार्ता भएको छ ।

मंगलबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको पार्टीका नेताहरुको अनुमान छ ।

नेकपाको स्थायी कमिटी बैठक गत बुधबारदेखि बालुवाटारमा बस्दै आइरहेको छ ।

बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ ।
यसअघिको बैठकमा अध्यक्ष एवं बरिष्ठ नेताहरुलाई राखिएका सोफा र कुर्सीका विषयमा विवाद भएको थियो ।

साथै आइतबार मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका सम्बन्धमा पनि नेकपाभित्र विवाद चर्किएको छ । नेताहरुका अनुसार आजको बैठकमा थप विवाद बढ्ने संकेतहरु देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?