+
+

दाङमा वडाध्यक्षमाथि कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते १३:२९

१६ असार, काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ ।

वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दल्ने प्रयास समेत गरेको खड्काको भनाइ छ ।

डीएसपी खड्काले भने, ‘घटनास्थलमा विप्लव समूहको पर्चा फेला परेको छ । घटनाको प्रकृती हेर्दा विप्लव समूहको संलग्नता जस्तो देखिन्छ, यद्यपि अनुसन्धान भइरहेको छ ।’ घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको उनले बताए । वडाध्यक्ष डाँगीमाथि आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको डीएसपी खड्काले बताए ।

गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले कार्यालयमा विप्लव समूहको पर्चा भेटिएकाले सोही समूहले आक्रमण गरेको अनुमान गरे । तर पर्चामा के लेखिएको छ भनेर उनले खुलाएनन् ।

वडाध्यक्ष डाँगी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?