
१६ असार कैलाली । सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमा मा कोरोना संक्रमण भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
‘क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क भण्डारीले भने ‘संक्रमित दुवै जनालाई आइसोलेसनमा राखेर उपचार सुरु भइसकेको छ ।’
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको उनले बताए ।
यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक र एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4