+
+

सुनसरीमा न्यायाधीशका सुरक्षागार्डले आफैंलाई हाने गोली

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते १३:५५

१६ असार, विराटनगर । सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार ३५ वर्षका खतिवडाले जिल्ला अदालत सुरसरी परिसरमै आफ्नो कञ्चटमा गोली हानेका हुन् ।

सोमबार साझ करिब साढे ७ बजे अदालतको छतमा आफैंलाई गोली हानेका खतिवडालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

राति करिब ९ बजे खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

उनले आफूलाई गोली हान्नुको कारण खोजिरहेको थापाले बताए । खतिवडा घर बिदाबाट केही दिन अघि मात्र काममा फर्किएका थिए । उनको घर मोरङको उर्लाबारीको दुर्गापुरीमा पर्छ । अस्पतालबाट परिवारले शव बुझेर लगेको प्रहरी उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?