Comments Add Comment

दुईवटा ढुंगा भेट्टाएपछि रातारात करोडपति

अफ्रिकी मुलुक तान्जानीयका एकजना खानी मजदुरले यस्तो आविष्कार गरे जुन केवल उनको जीवनको मात्र होइन देशकै लागि सबैभन्दा ठुलो आविष्कार बन्यो ।

सेनिनिउ लाइजर नामका ती व्यक्तिले दुईवटा ठुलो आकारका तान्जानाइट पत्थर फेला पारे । उक्त चट्टानको कुल वजन केवल १५ किलो थियो ।

तान्जानाइट पृथ्वीको निकै दुर्लभ पत्थर हो । सो पत्थर पत्ता लगाएसँगै उनलाई ३४ लाख डलर अर्थात् झण्डै ४० करोड रुपैयाँ बराबरको रकम प्राप्त भएको छ । तान्जानियाको खानी मन्त्रालयले उनलाई यतिधेरै रकम प्रदान गरेसँगै उनी रातारात करोडपति बने ।

३० भन्दा धेरै सन्तानका पिता लाइजर एकाएक करोडपछि बन्दा सपना देखेजस्तै ठानेका छन् । आफुले पाएको पैसाले एउटा भव्य पार्टी गर्ने उनको सोँच छ । उनका चारवटा पत्नी छन् । आफुले कमाएको पैसाले मन्याराको सिमान्जिरो जिल्लामा रहेका आफ्नो समुदायको हितका लागि रकम लगानी गर्ने उनको योजना छ ।

आफूले आफ्नो ठाउँमा एक सपिङ मल र एउटा विद्यालय बनाउन चाहेको उनी बताउँछन् । आफ्नो गाउँघरमा धेरै गरीब मानिसहरु रहेको र गरिबीके कारण आफ्ना बच्चाबच्चीलाई विद्यालय पठाउन नपाएको भन्दै उनले सोही कारण गाउँमा स्कुल खोल्न चाहेको बताए ।

तान्जानाइट पत्थर केवल उत्तरी तान्जानियामा मात्र पाइन्छ जुन निकै बहुमुल्य गहना बनाउनका लागि रत्नको रुपमा प्रयोग हुन्छ । औँठी, ब्रासलेट, नेकलेसलगायतका गहनाहरुमा यो पत्थर प्रयोग हुन्छ ।

यो पत्थर पृथ्वीमा पाइने सबैभन्दा दुर्लभ पत्थरहरुमा एक हो । यो पत्थर पृथ्वीमा यति कम छ कि आगामी २० वर्षमा यो पूर्ण रुपमा सकिनेछ ।

हरियो, रातो, बैजनी तथा निलो जस्ता विविध रङ यो बहुमुल्य पत्थरको मूख्य आकर्षण हेा । पत्थरमा जतिधेरै रङ तथा प्रष्टता भयो त्यसको मूल्य त्यति नै धेरै हुन्छ ।

लाइजरले गत हप्ता यो पत्थरका दुईवटा टुक्रा उत्खनन गरेर निकाल्न सफल भएका थिए । त्यसमध्ये एउटा टुक्राको वजन ९.२ किलो थियो भने अर्को टुक्रा ५.८ किलोको थियो ।

उनले भेटाएका यी पत्थर अहिले सम्मकै ठुला तान्जानाइट पत्थर हुन् । यसअघि सबैभन्दा ठुलो तान्जानाइट पत्थर ३.३ किलोको थियो ।

लाइजरले १५ किलो तान्जानाइट फेला पारेसँगै तान्जानियाका राष्ट्रपतिसमेतले उनलाई बधाई दिए । फोनमार्फत बधाई दिँदै उनले साना खनिजकर्ताहरुको लाभ नै यहीँ भएको र यसले तान्जानिया धनी छ भन्ने देखाएको बताए ।

एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment