Comments Add Comment

पर्साबाट ९१ हजार भारुसहित एक जना पक्राउ

१६ असार, वीरगञ्ज । पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरीया नगरपालिका–२ लमरिया निवासी २८ वर्षीय मनोज यादव रहेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनी नेतृत्वको टोलीले उनलाई अलौ भन्सारबाट नियन्त्रणमा लिएको हो । ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा सवार उनको झोला चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले ९१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

ड्युटी खटिएकाे सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा भिड नगर्नु भनी यादव लगायतका व्यक्तिहरुलाई भनेको भएपनि यादवले भारतबाट मानिस आउँदैछ भेटेर फर्किहाल्छु भनेर सशस्त्र प्रहरीसँग अनुरोध गरेका थिए । पोखरियादेखि आफन्त भेट्न आएका उनलाई धेरै अलमल नगर्नु भनेर जान सशस्त्र प्रहरीले अनुमति दिएको थियो । तर केहिबेरपछि झोला बोकेर फर्किएपछि चेकजाँच गर्दा उनको साथबाट ५/५ सयको १ सय ८२ थान भारु नाेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यादवले भने घरायसी कामका लागि भारतमा रहेका आफन्तसँग ऋण सापटी लिएको दाबी गरेका छन् । बरामद रकम र उनले प्रयोग गरेको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment