+
+

कालोपत्रे सडकमा टिपर भासियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते १४:०२

१६ असार, विराटनगर । मोरङको विराटनगरमा कालोपत्रे सडकमा टिपर भासिएको छ । सोमबार साँझ विराटनगर– १० को पिपल चोकमा कालोपत्रे सडकमा रोकेर राखेको टिपर भासिएको हो ।

सो सडक एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत निर्माण गरिएको सडक नै भासिएको छ ।

सोमबार साँझ सडकमा बोहोरा निर्माण सेवाको बालुवा बोकेको को १ क ३१७२ नम्बरको टिपर कालोपत्रे सडकमा भासिएपछि राति महानगरपालिकाले निकालेको थियो । सो सडक परियोजना निर्माण आशिष निर्माण सेवाले गरेको हो ।

सडक निर्माण गर्दा प्राविधिक त्रुटी भएका कारण सडक भासिएको क्षेत्रीय सहरी विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपानेले बताए । सो सडकको बीचबाट ढलको पाइप बिछ्याइएको छ ।

निर्माणका क्रममा प्राविधिक त्रुटी भएको बताउँदै उनले मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइसकेको बताए । ‘काम गर्दै जाँदा प्राविधिक त्रुटीहरु हुन्छन्’ उनले भने, ‘कहाँ त्रुटी भएको छ, अध्ययन भइरहेको छ ।’ उनले यसअघि पनि विभिन्न स्थानमा सडक भासिएका कारण मर्मत गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?