Comments Add Comment

नेप्सेमा नेगेटिभ सर्किट, कारोबार रोकियो

१८ असार, काठमाडौं । मंगलबार र बुधबार लगातार ‘पोजिटिभ’ सर्किट ब्रेक लागेको सेयर बजार बिहीबार भने ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन हुन्छ भने तेस्रो पटक ६ प्रतिशतले बजार भटबढ भए दिनभरका लागि कारोबार स्थगन हुने व्यवस्था छ । दोस्रो पटक ५ प्रतिशतले बजार घटेपछि अहिले ४० मिनेका लागि बजार बन्द गरिएको छ ।

४० मिनेटपछि बजार खुल्नेछ भने त्यसपछि ६ प्रतिशतले बजार घटबढ भए आजका लागि बजार बन्द गरिनेछ । दोस्रो सर्किट लाग्दासम्म नेप्से परिसूचक ६७.०४ अंकले घटेर १२६९.४८ बिन्दुमा रोकिएको छ ।

कारोबार रकम २९ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment