Comments Add Comment

दाङमा युवतीद्वारा फेसबुक लाइभ गरेर आत्महत्या !

१८ असार, घोराही । दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २२ वर्षीया युवती एसिला गौतमले बिहीबार बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । तर, घर पत्ता लगाउन नसक्दा बिहीबार बिहान ३ः३० बजेमात्र प्रहरीको टोली युवतीको घरमा पुगेको थियो । कोठाभित्र युवती सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले अनलाइनखबरसँग भने, ‘तुलसीपुरको टोली साइरन बजाउँदै गयो, साइरनको आवाज सुनेर आत्महत्या गर्न लागेको व्यक्ति रोकिन्छ कि भनेर । तर, ठ्याक्कै ठाउँ पत्ता लगाउन ढिलो भयो ।’ डीएसपी खड्काले ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको बताए ।

ती युवतीले फेसबुकमा लाइभ गरेर घाँटीमा पासो लगाउँदा फेसबुकमा कमेन्ट गर्नेहरुले त्यसो नगर्न सुझाव दिएको देखिन्छ । तर, रातिको समय भएकाले युवतीले आत्महत्या गर्न लागेको कुरा घर परिवार र छिमेकीले थाहा पनि नपाएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment