+
+

घरभाडा र बैंकको ब्याजमा छुट माग गर्दै प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७७ असार १९ गते १५:५७

१९ असार, काठमाडौं । विभिन्न माग राख्दै कोरोना पीडित संघर्ष समितिको नाममा शुक्रबार ललितपुरमा प्रदर्शन भएको छ ।

लकडाउन अवधिको घरभाडा, बैंक ब्याज मिनाहा हुनुपर्ने, विद्यालय शुल्क, कर, कोरोना रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, सुकुम्बासी, विद्यार्थी र बेरोजगारलाई राहत प्याकेज दिनुपर्ने माग गरेका छन् ।

सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गर्न, कालोबजारी गर्नेलाई कारबाही गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् । प्रदर्शनका सहभागीले लकडाउन अवधिको महसुलमा जरिवाना लिएको भन्दै विरोध जनाएका थिए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?