Comments Add Comment

त्रिभुवन विमानस्थलमा १० उडान–अवतरण, ९५६ यात्रु नेपाल आए

२४ असार, काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा १० वटा उडान–अवतरण भएका छन् । यी सबै चार्टर्ड उडान हुन् । अहिले विदेशमा अलपत्र नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले नेपाल ल्याइरहेका छन् । सो क्रममा बुधबार मात्र ६ वटा जहाजले ९ सय ५६ जना यात्रुलाई काठमाडौं ल्याएका छन् ।

बुधबार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५० जना नेपालीलाई घर ल्याएको छ । दोहाबाट सोही कम्पनीले १ सय ४८ जना यात्रुलाई काठमाडौं ल्याएको त्रिभुवन विमनस्थल कार्यालयले जनाएको छ । हिमालय एयरलाइन्सले दोहाबाट १ सय ५४ जना यात्रु ल्याएको छ ।

क्वालालाम्पुरबाट हिमालयले १ सय ५१ जना यात्रुलाई नेपाल ल्याएको छ । बुधबार नै कतार एयरवेजले १ सय ७७ जना यात्रु लिएर दोहाबाट काठमाडौं आयो । यो कम्पनीले नेपालबाट २ सय ५५ जना यात्रु लिएर उडेको छ । क्वालालाम्पुरबाट मालिन्दो एयरले १ सय ७६ जना यात्रुलाई नेपाल ल्याएको छ ।

बुधबार हिमालय एयरलाइन्सले चीनको तेन्जेनमा १५ यात्रु बोकेर गएको छ । यो जहाज बिहीबार काठमाडौं आउने कार्यक्रम रहेको छ । हिमालय एयरलाइन्सकै जहाज अवुधावी उड्दा २० जना यात्रु बोकेर उडेको छ । नेपाल एयरलाइन्स कतार बाट फर्कने क्रममा २ वटा शवसमेत नेपाल ल्याइएको छ ।

१३ आन्तरिक उडान–अवतरण

आन्तरिकतर्फ हेलिकोप्टरसहित कुल १३ उडान–अवतरण भएका छन् । बुधबार तार एयरको जहाजले काठमाडौंबा १४ जना यात्रु बोकेर लुक्ला गएको छ । यति एयरको जहाजले १२ यात्रु बोकेर जनकपुर गएको छ । समिट एयरले २ यात्रु बोकेर लुक्ला पुगेको छ ।

समिटकै दुई जहाजले बुधबार सिमिकोटमा क्रमश १२ र १६ यात्रु लिएर उडेका छन् । सिम्रिकको हेली जुम्ला गएको छ । मनाङ एयरको हेली २ यात्रु बोकेर स्याङबोचे गएको थियो । फर्कदा ३ यात्रु लिएर आयो । एयर डाइनेस्टीको हेली २ यात्रु बोकेर स्याङ्जा गएको छ ।

सोही कम्पनीको हेलि ५ यात्रु बोकेर सोलुखुम्बु गएको छ । सिम्रिकले ३ यात्रु बोकेर संखुवासभा गएको छ । सिम्रिककै अर्को हेली २ यात्रु बोकेर गोरखा लागेको छ । मनाङ एयरको हेलीले तेह्रथुमबाट ४ र कैलास एयरले मुस्ताङबाट ३ यात्रु बोकेर काठमाडौं आएको त्रिभुवन विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

यसैगरी नेपालीको उद्दार गर्ने क्रममा बिहीबार १० वटा अन्तराष्ट्रिय उडान–अवतरण हुने भएको छ । विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्स तेन्जेन र अबुधावीबाट काठमाडौं फर्कदैछन् । नेपाल एयरलाइन्सले क्वालालाम्पुर र दुबईबाट यात्रु ल्याउने छ । नेपाल एयरलाइन्स बिहीबार दमाम जाने कार्यक्रम छ ।

हिमालय एयरलाइन्स दमाम र कुवेत जाने गरी तालीका तय भएको छ । नेपाल एयरलाइन्स बिहीबार नै रियादका लागि उड्नेछ । जजिरा एयरवेजले कुवेतबाट बिहीबार पनि यात्रु ल्याउने छ । सारजहाबाट एयर अरेवियाको जहाज समेत आउने तालीका तय भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment