Comments Add Comment

गरुण पुराण अनुसार कस्तो जीवन सुखमय हुन्छ ?

१८ पुराणमध्येको एक गरुड पुराणको आचारकाण्डमा नीतिसार नामको एक अध्याय छ । यो अध्यायमा जीवनको सुखी र सफल बनाउने नीतिहरु बताइएको छ । जो मानिसहरु यी नीतिको पालना गर्छन्, उनको जीवनमा सुख, शान्ति कायम रहन्छ । यो पुरुणमा ६ यस्ता कुराहरु बताइएको छ, जो जीवनोपयोगी र मननीय छ । तीन ६ कुराहरु के के हुन् त ?

प्रत्येक अवस्थामा धैर्य कायम राख्ने

कुनै पनि काममा स्थायी सफलता त्यतिबेला मात्र प्राप्त हुन्छ, जब अन्तिम समयसम्म धैर्य कायम गर्न सकिन्छ । जतिबेला धैर्य छाडेर हामी हतार गर्छौँ, त्यति नै बेला असफल हुने सम्भावना पनि बढ्दै जान्छ । परिस्थिति राम्रो होस् वा नराम्रो सधैँ धैर्य कायम राख्नुहोस् ।

क्रोध नियन्त्रण गर्नु

क्रोधको कारण मानिसको सोच्ने र बुझ्ने क्षमतामा असर पर्छ । क्रोधी व्यक्तिको जीवनमा र घरमा शान्ति कायम हुन सक्दैन । जहाँ अशान्ति हुन्छ, त्यहाँ दरिद्रताको वास हुन्छ । क्रोधलाई नियन्त्रणमा लिन मन्त्र जप र ध्यान गर्नु जरुरी हुन्छ । क्रोधलाई नियन्त्रणमा लिन सकियो भने बिग्रिएको काम पनि सुधार गर्न सकिन्छ ।

विचार र शरीरको पवित्रताको ध्यान राख्नु

हामीले कहिल्यै पनि अर्को मानिसको नराम्रो सोच्नु हुँदैन । विचारको पवित्रता कायम राख्नुपर्छ । जो मानिस मन र शरीरको पवित्रतामा ध्यान दिन्छन्, उनीहरुलाई देवीदेवताको पनि कृपा प्राप्त हुन्छ । मनको पवित्रता राम्रो विचारबाट हुन्छ र शरीरको पवित्रता सरसफाइबाट प्राप्त हुन्छ ।

समस्यामा परेका मानिसको सहयोग गर्नु

गरीब तथा समस्यामा परेका मानिसहरुप्रति दयाको भावना राख्नुपर्छ । समयसमयमा यस्त मानिसप्रति आफ्नो सामथ्र्यअनुसारको सहयोग गर्दै गर्नुपर्छ । दान गर्ने मानिसमा पनि भगवान्को विशेष कृपा रहन्छ ।

मीठो वचन बोल्नु

घर–परिवार होस् वा समाज हामीले सधैँ मीठो वचनको प्रयोग गर्नुपर्छ । जानेर होस् नजानेर कहिल्यै पनि अर्काको मनमा ठेस पुग्नेकिसिमको काम गर्नु हुँदैन ।

मित्रको विरोध नगर्नु

आफ्ना शुभचिन्तक तथा साथीभाइहरुको कहिल्यै पनि विरोध गर्नु हुँदैन । साथीभाइको सहयोगमा नराम्रो परिस्थितिबाट पार पाउन सकिन्छ । साथीहरुसँगको सम्बन्ध सुमधुर बनाइराख्नु जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment