Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

२५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिनेसम्म भारतमा कोरोना भाइरसको कारण २१ हजार १२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४८७ जनाको मृत्यु भएको हो ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख ६७ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २४ हजार ८७९ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख २३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने नौ हजार ४४८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म एक लाख २२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार सात सय जनाको मृत्यु भएको छ ।

दिल्लीमा पनि कोरोना भाइरसका एक लाख चार हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार २१३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ३१ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८४५ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा २४ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८२७ जनााको मृत्यु भइसकेको छ । बिहारमा कोरोना भाइरसका १३ हजार १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १०७ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसका चार लाख ७६ हजार ३७८ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment