Comments Add Comment

कोरोना संक्रमित एक करोड २० लाख नाघे

२५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् ।

सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख नाघेको छ । भारतमा पनि सात लाख ४० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच लाख ४८ हजार ९१४ पुगेको छ । मृत्यु हुनेमा पनि अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म एक लाख ३२ हजार २९९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६७ हजार ९६४ पुगेको छ । बेलायतमा अहिलेसम्म ४४ हजार ६०२ जनाको कोरोना भाइरसको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर ६५ लाख ६२ हजार ६७९ संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment