Comments Add Comment

बाढी आएसंगै सेती किनारमा दाउरा टिप्नेको भिड

प्रतिनिधिमूलक तस्‍वीर

२६ असार, डोटी । अबिरल बर्षासंगै सेती नदीमा आएको बाढीले काठ र दाउरा बगाएर ल्याएको छ । नदीले बगाएर ल्याएका दाउरा टिप्न बझाङ सदरमुकाम चैनपुरका बासिन्दाको भीड नदी किनारमा जम्मा भएको छ ।

बर्षातको समयमा नदीले बगाएर ल्याएका दाउरा टिप्न स्थानीयले ज्यानको बाजी लगाउने गरेका छन् । दाउरा टिप्न प्रतिस्पर्धा जस्तै हुने गर्दछ । एक स्थानीय भन्छन् ‘भनेको मान्दैनन्, नदीमा पानीको सतह बढेको बढ्यै छ, यिनीहरु जसरी पनि दाउरा छोप्ने दाउमा रहेका छन् ।’

दाउरा टिपेपछि कसले कति संकलन गर्‍यो भन्ने चर्चा हुनेसमेत उनी बताउँछन् ।

स्थानीयबासीलाई नदीमा नजान आग्रह गरे पनि नमानेका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी बताउँछन् । ‘यो सधैंभरीको प्रवृत्ति रहेछ, नदीमा बाढ आउनेबित्तिकै दाउरा टिप्न जाने’ प्रमुख जिल्ला अधिकारी भण्डारी भन्छन् ‘जति भन्दा पनि मान्नुहुन्न उहाँहरु ।’ उनले प्रहरी पनि छेउछाउमा राखेको वताए । उनले थपे ‘तपाईले भनेको जस्तो जोखिम त छ, तर के गर्नु मान्दै मान्दैनन् ।’

नदीमा पानी बढेको भएपनि अहिलेसम्म त्यस्तो अशुभ घटना नभएको प्रमुख जिल्ला अधिकारी भण्डारी बताउँछन् । बझाङ जिल्ला सदरमुकाम सेती नदी र बाउली गाडको बीचमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment