Comments Add Comment

शुक्रबार १६११ जना नेपाल आए, २०५ जना विदेसिए

२६ असार, काठमाडौं । नेपालीको उद्धारका लागि भइरहेको चार्टर्ड उडानका दौरान शुक्रबार कुल १४ उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट १६११ जना नेपाली घर फर्किएका छन् । २०५ जना भने नेपाल छाडेर बाहिरिएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई घर ल्याएको छ । कोरियन एयरलाइन्सले २४८ जना नेपालीलाई घर ल्याएको छ । सोही जहाज चढेर नेपालबाट भने १ बच्चासहित २ सय ५ जना कोरिया गएका छन् । नेपाल एयरलाइन्सले दोहाबाट १ सय ४९ नेपालीलाई काठमाडौं ल्याएको छ ।

हिमालय एयरलाइन्सले कुवेतबाट १ सय ५१ नेपालीलाई काठमाडौं फर्काएको विमानस्थलको तथ्यांकमा उल्लेख छ । नेपाल एयरलाइन्सले रियादबाट २४७ जनालाई नेपाल ल्याएको छ ।

हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १४६ जनालाई नेपाल ल्याएको छ । एयर अरेवियाले सारजाहाबाट १६७ नेपालीलाई घर फर्काएको छ । सलाम एयरले मस्कटबाट १७९ जनालाई नेपाल ल्याएको विमानस्थलको तथ्यांक रहेको छ ।

मालिन्दो एयरले मलेसियाको क्वालालाम्पुरबाट १७० जनालाई नेपाल फर्काएको छ । शुक्रबार नेपाल एयरलाइन्सले दोहाबाट २ र हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट २ वटा शवसमेत काठमाडौं ल्याएका छन् ।

आन्तरिकतर्फ शुक्रबार मनाङ एयरले धनगढीका लागि ४ जना यात्रु बोकेर प्रस्थान गरेको छ । कैलास हेलीले सिन्धुपाल्चोकबाट ३ जनालाई काठमाडौं ल्याएको छ भने ३ जनालाई सिन्धुपाल्चोक लगेको छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार शनिबार भने त्रिभुवन विमानस्थलबाट कुल १४ उडान-अवतरण हुनेछन् । त्यसमध्ये नेपाल एयरलाइन्स जापानको नारिता र बहराइन प्रस्थान गर्नेछ ।

नेपाल एयरलाइन्सका दुई जहाज आज, क्वालालाम्पुर, जेदाह र दुवई गएका छन् । यी जहाजले शनिबार यात्रु लिएर र्फकनेछन् । शनिबार टर्किस एयरलाइन्स इस्तानबुलबाट काठमाडौं आउने तालिका रहेको छ ।

ओमानबाट इत्तिहाद एयरवेज आउने छ । एयर अरेवियाले सारजहाबाट यात्रु ल्याउने छ । जजिरा एयरवेजले कुवेतबाट उडान गर्नेछ । हिमालय एयरलाइन्सको जहाज कुन्मिङ, दमाम र फिलिपिन्सको मनिला जाने गर तिालीका तय भएको छ ।

दमाम र अवुधावीबाट समेत हिमालयले यात्रु लिएर शनिबार नै नेपाल र्फकने गरी उडान तालिका तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment