
२ साउन, काठमाडौं । बुढानीलकण्ठमा भएको कार दुर्घटनाका चालकलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । यससँगै चालक पृथ्वी मल्ल डिल्लीबजार कारागारबाट छुटेका छन् ।
यसअघि २८ मंसिरमा बुढानीलकण्ठ-५ मा बा१४च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो ।
अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएको थियो ।
डिल्लीबजार कारागारमा ५ लाख रुपैयाँ धरौटी तिरिसकेको उल्लेख गर्दै थुनामुक्त गर्न अदालतले पठाएको पत्र पुगेको थियो । त्यसपछि बिहीबार उनलाई छाडिएको हो ।
उनी २३ पुसदेखि लामो समय कारागार छल्दै चिरायु अस्पतालमा बसेका थिए । तर, करागार प्रशासनले छानविनको तयारी गरेपछि उनी पुनः कारागारमा आएका थिए ।
कारमा मल्लसहित नायिका परमिता राणा, करिश मास्के र एलिना थापा थिए । राणाले फेसबुकमा लामो स्टाटस लेख्दै चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको बताएकी थिइन् ।
प्रतिक्रिया 4