+

मेसीको दुई गोल, बार्सिलोनाको शानदार जित

२०७७ साउन  ५ गते ७:२३ २०७७ साउन ५ गते ७:२३
मेसीको दुई गोल, बार्सिलोनाको शानदार जित

५ साउन, काठमाडौं । कप्तान लिओनल मेसी प्रेरित बार्सिलोनाले स्पानिस ला लिगामा सिजनको अन्तिम खेलमा अलेभजमाथि फराकिलो जितसहित सिजन अन्त्य गरेको छ ।

मेसीले दुई गोल गर्नुका साथै एक असिस्ट गरेको खेलमा बार्सिलोनाले अलेभजलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि अंशु फाटी, नेल्सन सेमेडो र लुइस सुआरेजले एक–एक गोल गरे ।

अलाभेजको मैदानमा भएको खेलको २४औं मिनेटमा फाटीले मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दश मिनेटपछि सुआरेजले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ३–० को अग्रता बनायो ।

५७ औं मिनेटमा सेमेडोले बार्सिलोनाको लागि चौथो गोल गरे । ७५ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको हो ।

कोरोना महामारीपछि एकरुप प्रदर्शन गर्न नसकेको बार्सिलोनाले यस सिजन उपाधि रक्षा गर्न भने सकेन । एक खेलअघि नै रियल मड्रिडले उपाधि पक्का गरेपछि बार्सिलोनाले अन्तिम खेलमा बिना दबाब खेलेको थियो ।

यस सिजन ३८ खेलबाट बार्सिलोनाले ८२ अंक जोड्दै दोस्रो स्थानमा लिग सकाएको हो ।

बार्सिलोना स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय