+
+

काठमाडौंमा बरामद धातुमध्ये आधा किलोमात्रै सुन

परीक्षण गर्दा साढे १४ किलो चाँदी भएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १४:१०
तस्वीर : शंकर गिरी

१३ साउन, काठमाडौं । मंगलबार विहान प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन भएको खुलेको छ । अरु साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ ।

कमलपोखरीमा प्रहरीले चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको गाडी पिछा गर्दा फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो ।

ती धातुलाई नेपाल रत्न तथा आभूषण संघमा परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जानकारी दिए ।

उक्त धातुसहितको झोलामा दुईवटा पेस्तोल पनि भेटिएको थियो । तर गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने खुलेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद सामान सार्वजनिक गरेको छ ।

गाडी र त्यसमा रहेका मानिसहरुको अहिलेसम्म पहिचान नभएको र खोजी भइरहेको प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?