+
+

सुन प्रकरणको छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १३:४७

१४ साउन, काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो चाँदी र आधा केजी सुन फ्याँकेर भाग्ने गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन भएको छ ।

प्रहरी अधिकृतहरुबाट भएको कमजोरीको विषयमा छानविन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले प्रहरी अधिकारीमाथि प्रश्न उठेपछि छानविन समिति गठन गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘समितिले गाडी भाग्नुको कारण प्रहरीको कमजोरी मात्र देखायो भने त्यही अनुसार हुन्छ । कुनै नियत देखिए कारबाही हुन्छ ।’

समितिमा एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी छन् । अधिकृतहरुले पछ्याउन थालेपछि एउटा स्कार्पियो गाडी नरोकिइ कपडाको झोला फ्याकेर भागेको प्रहरीको भनाइ छ ।

त्यसक्रममा साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद भएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका थिए ।

राजधानी जस्तो संवेदनशील क्षेत्रबाट गाडी उम्किन सफल हुनुमा सुरक्षा अधिकृतहरुको खोट रहेको दाबी सुरक्षा मामलाका जानकारहरुले गरेका छन् । तर, अनुसन्धान अधिकृतहरुले प्रयासका बाबजुद गाडीलाई नियन्त्रणमा लिन नसकिएको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?