+
+

सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १२:४१

१६ साउन, काठमाडौं । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् ।

उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको परिसर स्रोतले अनलाइनखबरलाई बतायो । उनीबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको भनिएको छ ।

यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन । बरु शुक्रबार दिउँसो चलाइएको अपरेशनमा प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । जसको परीक्षण हुन बाँकी छ ।

दरबारमार्ग प्रहरीका प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएर अभियुक्त भगाउन सघाएका थिए । थप अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले गरिरहेको छ ।

यो पनि पढ्नुस् 

सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?