+
+

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १३:५५

१६ साउन, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताए ।

ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएकी उनी हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार उनमा कोरोना संक्रमणको लक्षण पनि देखिएको थियो । डाक्टर शर्माले भने, ‘उहाँमा कोरोनाको सबै लक्षण थियो, आईसीयूमा उपचाररत रहेको बेला उनको मृत्यु भयो।’

बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?