
१६ साउन, काठमाडौं । ललितपुरको नखिपोटमा बरामद भएको गाडी पन्ध्र किलो पहेँलो धातु बरामद प्रकरणमै प्रयोग गरिएको गाडी भएको पुष्टि भएको छ ।
गाडीको इञ्जिन र च्याचिस नम्बर घटनामा प्रयोग भएको गाडीको कागजपत्रसँग मेल खाएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले गाडीको कागजपत्रसँग इञ्जिन र च्याचिस नम्बर मिलेको अनलाइनखबरलाई बताए ।
प्रहरीले बिहीबार नखिपोटबाट बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी बरामद गरेको थियो । तर, घटनास्थल भएका बेला क्लोज सर्किट (सीसी)क्यामरा फुटेजमा देखिएको गाडीको स्वरुप बरामद गाडीसँग मिलेको थिएन ।
सीसीक्यामरामा भएको गाडीको पछाडि भर्याङ र ऐना थियो भने बरामद भएको गाडीमा थिएन । त्यसैले अभियुक्तको समूहले अर्कै गाडीमा बा ६ च ५५१९ नम्बरको प्लेट राखिदिएको हुनसक्ने आशंका गरिएको थियो ।
तर, इञ्जिन र च्याचिस नम्बर मिलेसँगै अभियुक्तकै समूहले गाडीको स्वरुप परिवर्तन गर्ने प्रयास गरेको हुनसक्ने देखिएको छ ।
यो पनि पढ्नुस्
सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन
सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा
सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?
सुनबारे थाहै नभएका व्यक्तिलाई संगठित अपराधमा म्याद थप, गाडी धनी फरार
सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ
प्रतिक्रिया 4