Comments Add Comment

कोरोना पुष्टि भए लगतै दुई जना सम्पर्कविहीन

१७ साउन, बुटवल । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका दुई जना सम्पर्कविहीन बनेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी पाएलगत्तै उनीहरु सम्पर्कविहीन भएका हुन् । शुल्क तिरेर गरिने परीक्षणका लागि उनीहरुले शुक्रबार स्वाब दिएका थिए ।

पोजेटिभ रिपोर्ट आएको जानकारी पाएलगत्तै उनीहरु सम्पर्क बाहिर गएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए ।

उनीहरुले आˆनो ठेगाना बुटवल वडा नं. ६ र सम्पर्क नम्बर एनसेलको मोबाइल नम्बर टिपाएका थिए । नतिजा पोजेटिभ आएको भन्ने पहिलो कल रिसिभ गरेका उनीहरुसँग त्यसपछि सम्पर्क नहुने नसकेको डा. गिरीले बताए ।

स्थानीय जनप्रतिनिधि र प्रशासनलाई खोजीका लागि अनुरोध गरिएको उनले बताए । प्रयोगशाला प्रमुख डा.गिरीका अनुसार उनीहरुले भारतबाट आएको र पुनः भारत जानका लागि पीसीआर परीक्षण गराउन आएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment