Comments Add Comment

राखेपमा पद ओगट्न आएको होइन : श्रेष्ठ

१९ साउन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभइ खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन् ।

उनको सम्मानमा नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले  श्रेष्ठले चार वर्षे कार्यकालमा खेलकुद र खेलाडीको हितमा उदाहरणीय काम गर्ने बताए ।

श्रेष्ठलाई नेपाल ब्याडमिन्टन संघले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो । साउन १५ गते खेलकुद मन्त्रालयले श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा मनोनयन गरेको थियो । श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन् ।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदलाई माया गर्ने उपाध्यक्ष श्रेष्ठ राखेपको बोर्ड सदस्य हुनु संघका लागि गर्वको विषय भएको बताउदै श्रेष्ठबाट धेरै आशा गरिएको बताए ।

श्रेष्ठ ४५ वर्षमाथि उमेरसमूहको डबल्स च्याम्पियन हुन् । उनले पार्टनर भूमिबहादुर गुरुङसंग मिलेर करिब २४ डबल्स उपाधि जितेका छन् । उनले स्वीडेन र भारतमा भएको मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिप पनि खेलेका छन् । श्रेष्ठ र भूमिको जोडी ४५ वर्षमाथि उमेरसमूहमा वर्तमान नम्बर वान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment