Comments Add Comment

एन्फामा राखेप पदाधिकारीको स्वागत

१९ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले फुटबलको विकासका लागि एन्फा र राखेप मिलेर अघि बढ्नुपर्ने पनि बताएका छन् । उनले फुटबललगायत अन्य खेल टिमवर्कबाट मात्र सफल हुने धारणा राखे ।

सातदोबाटोस्थित कार्यालयका एन्फाले राखेपका उपाध्यक्ष, सदस्य र सदस्य सचिवको स्वागतमा गरेको कार्यक्रममा सिलवालले फुटबलको विकासका लागि एन्फाले योजना बनाउनुपर्ने पनि बताए ।

एन्फाले राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेश सिलवाल संगै बोर्ड सदस्यहरु रिम रानाभाट सुवास श्रेष्ठ अर्जुन बहादुर केसी गोविन्द प्रसाद भट्टराईलाई स्वागत गर्दै बधाई तथ शुभकामना दिएको हो । दुई सदस्य इन्दिरा निरौला र सम्पन्न श्रेष्ठ भने कार्यक्रममा उपस्थित भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment