Comments Add Comment

त्रिवि चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित

१९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सञ्चालन नभएकाले स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

अवस्थामा सुधार आउनासाथ परीक्षा तालिका प्रकाशित गरिने भन्दै कार्यालयले विद्यार्थीलाई तयारी अवस्थामा नै रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment