Comments Add Comment

हिमालय रोडिज– ३ बिजेता बने सुजन सुवेदी

काठमाण्डौ । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् ।

सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् ।

ग्याङ ग्रिन अन्र्तगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद १० लाख रुपैयाँ र मोटरसाइकल जितेका छन् ।

गत डिसेम्बर १६ तारिखबाट प्रसारण सुरु भएको हिमालय रोडिज कोरोना संक्रमणका कारण सुरु भएको डकडाउनले गर्दा १५ औं श्रृङखलापछि रोकिएको थियो । लकडाउन खुलेपछि प्रसारण सुचारु भएको रोडिजको आज १८ औं एपिसोडमा बिजेता छानिएको हो ।

भायकम–१८ को विकाश गरेको फम्र्याट अन्र्तगत हिमालय टेलिभिजनले फ्रेन्चाइज लिई यो रियालिटी सो नेपालमा प्रसारण गर्दै आएको छ ।

तेस्रो सिजनमा आइपुग्दा रोडिजको फम्र्याटमा धेरै परिवर्तन भई ग्याङ लिडरको शैली अबलम्बन गरिएको थियो जहाँ ग्याङ लिडरहरु पनि प्रतिस्पर्धीसँगै बिभिन्न टास्कमा सहभागी भएका थिए ।

सिजन ३ को टाइटल स्पोन्सर यामाहा मोटरसाइकल रहेको थियो भने पावर्ड बाई स्पोन्सरमा प्रभु मोबाइल टीभी रहेको थियो । यस्तै नेपाल टुरिजम बोर्ड, ओयो होटल्स, स्टार हस्पिटल लगायतका ब्राण्डहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment