Comments Add Comment

स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण

२५ साउन, काठमाडौं । स्क्वास खेलका प्रशिक्षक हिरा थापा मगरलाई कोरोना संक्रमण देखिएको छ । आफूलाई कोरोना पोजेटिभ देखिएको उनले अनलाइनखबरलाई बताए ।

‘हाम्रो संघको उपाध्यक्षलाई कोरोना देखिएपछि हामीसंगै खेलेका ८-९ जनाले हिजो स्टार हस्पिटलमा परिक्षण गरेका थियौं । आइतबार रिपोर्टमा मेरो पोजेटिभ देखायो । अरु साथीको नेगेटिभ छ’ थापाले भने ।

पूर्व रष्ट्रिय च्याम्पियन हिरा थापा १३ औं सागमा नेपाली टिमको प्रशिक्षक थिए ।

कोरोना पोजेटिभ देखिएपछि थापा आइतबारदेखि सातदोबाटोस्थित नेपाल स्क्वास एण्ड र्‍याकेट संघको भवनको एक कोठामा आइसोलेसनमा बसेका छन् ।

‘कोरोना पोजेटिभ देखिए पनि मलाई त्यस्तो कुनै लक्ष्य छैन । म सामान्य नै छु । हामी परिवार सबै संगै बसिरहेका थियौं । आजदेखि म छुट्टै रुममा बस्न थालेको छु’ थापाले भने, ‘परिवारको पनि परिक्षण गर्ने तयारी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment