Comments Add Comment

बटुवाका लागि स्यानिटाइजर बुथ

चलचित्र वितरक करण श्रेष्ठको पहलमा काठमाण्डौको अनामनगरस्थित पूर्वी गेटमा वटुवाका लागि स्यानिटाइजरको बुथ राखिएको छ ।

बुथको उद्धघाटन कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका संचालक महेश प्रसाद किजु र जागौ युवा अभियानका अध्यक्षसमेत रहेका करण श्रेष्ठले गरेका थिए ।

कलाकार श्रेष्ठका अनुसार, सो बाटो भएर हिँडडुल गर्ने वटुवाले उक्त वुथबाट हात स्यानिटाइज गर्न सक्नेछन् ।

पछिल्लो समय कोभिडको संक्रमण बढेसँगै मानिसहरुलाई सचेतना जगाउन यो अभियान सुरु गरेको करणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment