+
+

निशानले गरे प्रेमिकासँग कानुनी विवाह

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १६:२६

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् ।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।

निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?