Comments Add Comment

सेभिया र साख्तर युरोपा लिगको सेमिफाइनलमा

२८ साउन, काठमाडौं । स्पानिस क्लब सेभिया र युक्रेनी क्लब साख्तर डोनेस्क युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलमा सेभियाले इंग्लिस क्लब वल्भ्सलाई र साख्तरले स्वीस क्लब बासेललाई पराजित गरेका हुन् ।

खेलको अन्त्यतिर लुकास ओकमपासले गरेको एक गोलको मद्दतमा सेभियाले वल्भसलाई १-० ले पराजित गरेको हो । त्यसअघि १३औं मिनेटमा सेभियाका गोलकिपर यासिन बोउनोउले वल्भसका राउल जिमेनजको पेनाल्टी प्रहार रोकेका थिए ।

खेल बराबरीतर्फ अघि बढिरहेको बेला ओकम्पासले ८८औं मिनेटमा एभर बनेगाको पासमा गोल गर्दै सेभियालाई जित दिलाए । युरोपा लिगमा सेभियाको यो कीर्तिमानी ४०औं जित हो । यस्तै १५ सिजनमा सेभिया छैटौं पटक सेमिफाइनल पुगेको छ ।

सेभियाले अब सेमिफाइनलमा अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै युक्रेनी क्लब साख्तरले बासेललाई ४-१ ले पराजित गर्दै समिफाइनलमा इटालियन क्लब इन्टर मिलानसँग भेट पक्का गरेको छ ।

साख्तरका लागि जुनियर मोरासमोरासले दोस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २२औं मिनेटमा टाइसन टाइटनले साख्तरको अग्रता दोब्बर पारे । ७५औं मिनेटमा एलान प्याट्रिकले साख्तरका लागि तेस्रो गोल गरे । ८८औं मिनेटमा साख्तरका लागि डोडोले चौथो गोल गरे । बासेलका लागि अन्तिम समयमा रिक्की भान वल्फस्वीन्केलले सान्त्वना गोल फर्काए ।

अब अगष्ट १६ मा सेभिया र युनाइटेडबीच पहिलो सेमिफाइनल हुनेछ भने इन्टर र साख्तरको दोस्रो सेमिफाइनल अगष्ट १७ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment