+
+

अधुरै रह्यो मंगलराजको स्वदेश फर्कने सपना

रुपेश अधिकारी रुपेश अधिकारी
२०७७ भदौ १ गते १७:३३

युएई । घर फर्किन भदौ १ को पर्खाइमा थिए तनहुँ घरभइ युएईमा कार्यरत मंगलराज श्रेष्ठ । तर उनको अघिल्लो साता युएईमै मृत्यु भयो ।

श्रेष्ठसहित अर्को एक नेपालीको समेत सारजाहमा मृत्यु भएको छ । श्रेष्ठको पहिचान भए पनि अर्का एकजना नेपालीको भने पहिचान नखुलेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

शरीरको विभिन्न ठाँउमा चक्कु प्रहार भएकाले उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दूतावासले जनाएको छ । घट्नाबारे स्थानीय संचार माध्यमले खबर सार्वजनिक गरेका थिए ।

एक साताअघि घट्नाबारे जानकारी पाएपछि दूतावासले स्थानीय प्रशासनमार्फत थप जानकारी लिएको थियो ।

घट्ना गत साउन २४ गते भएको हो । बहराइनमा काम गरिरहेका मंगलराज रोजगारी खोज्दै युएई आएका थिए। यहाँ काम गरिरहेका उनी नेपाल फर्कने तयारीमा थिए । भदौ १ मा नेपाल फर्कन लागेका श्रेष्ठ सदाका लागि यूएईमै अस्ताए।

स्थानीय प्रसाशनले घट्नाका बारेमा अनुसन्धान गरिरहेकाले थप विवरण खुल्न बाँकी रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?