+
+

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ १५ गते १२:११

१५ भदौ,बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे ।

भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?