+
+

लद्दाखमा भारत-चीनबीच फेरि तनाव

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १२:१३

१५ भदौ, काठमाडौं । लद्दाखमा भारत र चीनबीच पुनः तनाव सुरु भएको छ । सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको, तर आफूहरु रोकेको भारतीय सेनाले बताएको छ ।

पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रोकेको भन्दै भारतीय सेनाले वक्तव्य जारी गर्दै भनेको छ, भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ ।’

उसका अनुसार यो झडप २९ अगष्टमा भएको थियो । यस विषयमा थप जानकारी भने आउन बाँकी छ ।

त्यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चीन सीमा रेखामा तनाव १९६२ पछि सबैभन्दा गम्भीर स्थितिमा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?